सामसङ होम अप्लाएन्समा फाइनान्स सुविधा

काठमाडौं ।
सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ । अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधाँ घोषणा गरिएको कम्पनीले जनाएको छ ।
पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागु गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार अब ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् ।
यो सेवा २०८२ जेठ १९ गते बाट लागु भएको हो र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । सेवा ३० हजार रुपैयाँ वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो । सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रा.लि. र त्रिवेणी व्यापार प्रालिले वितरित गरिरहेका देशभर रहेका २०० बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया