तनहुँमा करेन्ट लागेर किशोरीको मृत्यु

समाधान संवाददाता २०८२ जेठ २७ गते १७:५६

पोखरा ।

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १५ वर्षीया निर्मला कुमालको करेन्ट लागेर मृत्यु भएको हो। मिति २०८२ जेठ २६ गते साँझ अन्दाजी ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीको पिपलको रुखमा घाँस काट्ने क्रममा उनी विद्युतको मेन लाइनमा छुन पुगेकी थिइन्।

Advertisement

करेन्ट लागेर गम्भीर घाइते भएकी निर्मलालाई तत्कालै उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो। तर, सोही दिन साँझ ८:१० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया