बाबुराम भट्टराईको पार्टीका गण्डकी र कास्की अध्यक्ष किरण र राजु माओवादीमा फर्किए

पोखरा ।
बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नयाँशक्ति)को गण्डकी प्रदेश अध्यक्ष किरण थापा (आमोद) र कास्की जिल्ला अध्यक्ष राजु क्षेत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनीहरुलाई स्वागत गरे ।
माओवादी केन्द्रको पोखरा महानगर सम्मेलनका क्रममा प्रचण्ड पोखरा आइपुगेका हुन् । त्यही अवसरमा नेताद्वय थापा र क्षेत्री आफ्नो पुरानै पार्टीमा फर्किए । माओवादी नेसपाको गण्डकी अध्यक्षभन्दा अघि पार्टी केन्द्रीय सचिवालय सदस्य पनि भइसकेका हुन् । उक्त पार्टीको हालै भएको महाधिवेशनमा थापाको टिमले नेसपा माओवादीसँग नजिकिँदै जानुपर्ने लगायत अवधारणा पेस गरेका थिए । तर उनको लाइन महाधिवेशनले अस्वीकार गरेको थियो ।
माओवादी तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनाको बटालियन कमाण्डर, प्लाटुन कमिसार समेत थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका बेला उनी राजनीतिक क्षेत्रमा बस्न रुचाए ।
जिल्ला अध्यक्ष त्यागेर माओवादी केन्द्र फर्किएका राजु जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भइसकेका हुन् । माओवादी जनयुद्धमा भूमिगत रुपमा लागेका उनको उक्त पार्टीसँगको निकटता विद्यार्थीकालबाटै सुरु भएको थियो । विद्यार्थी फाँट हुँदै भूमिगत भएका उनलाई जनयुद्धकै बेला नेपाली सेनाले गिरफ्तार गरेको थियो । उनी धादिङको सैनिक ब्यारेक तोडेर निस्कन सफल भएका थिए ।







कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया