सर्वोच्चको न्यायाधीशमा २ पोखरेलीसहित ३ सिफारिस

समाधान संवाददाता २०८२ जेठ २८ गते १०:५८
court - 1

पोखरा ।
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस हुँदा २ जना पोखरेली परेका छन् । मंगलबार बसेको न्यायपरिषद्को बैठकले एकजना वरिष्ठ अधिवक्ता र दुईजना उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

Advertisement


न्यायपरिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

पौडेल पोखरा २८ बिमारापानीका हुन् भने थापा पोखरा १४ की बासिन्दा हुन् । न्यायाधीश श्रीकान्त पौडेल ५९ वर्ष पुगेका छन् । २०२३ सालमा जन्मेका पौडेल २०५० सालमा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका हुन् । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकी ६० वर्षीया शान्ति सिंह थापा न्याय सेवामा २०७० जेठ २७ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी हुन् ।

Advertisement


न्यायाधीशको सिफारिसमा परेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल (प्रमाणपत्र नम्बर ५४८) उमेरले ५८ वर्ष पुगेका छन् । उनी २०२४ सालमा जन्मेका हुन् । तीनै जनाको नाम न्याय परिषदले संसदीय सुनुवाई समितिमा पठाएको छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट उनीहरु न्यायाधीश नियुक्तिका लागि योग्य ठहरिने छन् ।


संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० न्यायाधीश रहन्छन् । हाल सर्वोच्चमा प्रधानन्यायधीशसहित १७ जना न्यायाधीशहरु कार्यरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया