निर्मलपोखरीमा मगर भाषा तालिम

समाधान संवाददाता २०८२ जेठ २८ गते ११:०७

पोखरा ।
धुर्सेनी टोल विकास संस्था, पोखरा २१ कास्कीको आयोजनामा दुई दिने मगर भाषा तालिम आयोजना भएको छ । संस्थाका अध्यक्ष बाबुराम रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कृष्णबहादुर थापामगरले मगर समुदायले आफ्नो भाषा, संस्कृतिप्रति चासो दिनुपर्ने बताए ।

Advertisement


मगर भाषा सिक्ने र सिकाउने अभियानलाई व्यापक बनाउन आवश्यक रहेकोमा उनले जोड दिए । मगर भाषा, भेषभूषा र संस्कृति संरक्षणका लागि वडाका तर्फबाट आफूले सक्दो पहल गर्ने बताउँदै उनले मगर भाषा जान्नेलाई सम्मान गरेर आफूले पनि सिक्नुपर्ने उल्लेख गरे ।


तालिमका मगर भाषा प्रशिक्षक एवं मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष यामबहादुर थापामगरले मगर भाषाको महत्वबारे बोलेका थिए । कार्यक्रममा हुमबहादुर रानामगर, प्रशिक्षार्थीको तर्फबाट टेकबहादुर रानामगर, रोशनी राना आलेमगर, यशोदा रानामगर लगायतले बोले । तालिममा २८ जनाको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया