पोखराकी पूर्णिमा ६ दिनदेखि सम्पर्क विहीन

पोखरा ।
पोखरा महानगरपालिका–१ सिम्पानीकी १२ वर्षीया पूर्णिमा तामाङ ६ दिनदेखि सम्पर्क विहीन भएकी छन्। संस्कृत माध्यमिक विद्यालय, बगरमा अध्ययनरत पूर्णिमा गत शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएकी हुन्।
पूर्णिमाका बुबा भीमबहादुर तामाङका अनुसार छोरी शुक्रबार दिउँसो विद्यालय छुटेपछि घर नफर्केपछि खोजी सुरु गरिएको थियो। तर, अहिलेसम्म उनी सम्पर्कमा आएकी छैनन्। ‘विद्यालयबाट छुटीपछि घर हिँडेकी थिई, तर अहिलेसम्म कुनै खबर छैन । ६ दिनदेखि आफन्त र साथीहरूसँग सम्पर्क गर्यौँ, प्रहरीसमक्ष गयौँ तर अहिलेसम्म छोरीको पत्ता लागेको छैन,’ उनले भने ।
छोरी हराएर वडा प्रहरी कार्यालय बगर पुग्दा प्रहरीले सहयोग नगरेको समेत उनले गुनासो पोखे । बगर प्रहरीलाई खबर गर्दा नदिपुर प्रहरी विटमा पठाएको उनले सुनाए ।
पूणिमालाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा ९७०८८१३२६४ वा ९८१९१०७०४० मा सम्पर्क गरिदिन उनले अनुरोध गरेका छन् ।









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया