खाना बनाउने सीप बढाउन तालिम

पोखरा ।
पोखरामा खाना बनाउने सीप बढाउन तालिम सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्भेटासको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेस्टुरेन्ट तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् ।
तालिम उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई स्तरीय र स्वादिष्ट खाना पस्कन तालिम उपयोगी हुने बताए । तालिम लिएका व्यक्तिले आफू, संस्था र देशकै लागि फाइदा पुग्ने बताए । उनले तालिम लिएपछि इमानदारीता पनि देखाउन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले काममा थप निखार ल्याउने बताउँदै तालिमपछि स्तरीय सेवा प्रदान गर्न लाग्नुपर्ने जोड दिए ।
कार्यक्रममा कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास एकाइका फोकल पर्सन सञ्जीवबहादुर कोइरालालगायतले तालिमले खानाको गुणस्तर वृद्धि गर्ने बताए । उनीहरूले विदेशमा थोरै जनशक्तिले पनि धेरै काम गर्ने प्रवृत्तिको उदाहरण दिँदै तालिमपछि सहभागीहरुले पनि उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरे ।
तालिमपछि सहभागीहरुले व्यावसायिक रुपमा खाना पकाउन सक्नेछन् । तालिममा अनुभवी शेफहरु दीपक शर्मा, विजय पौडेललगायतले इन्डियन परिकारहरु जस्तै बटर चिकन, बिरियानी, पनीर टिक्कालगायत र कन्टिनेन्टल परिकारहरु पास्ता, सिज्लर, स्टेक आदि बनाउने सीप स्तरोन्नति गर्न सिकाउने छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया