व्यवसाय बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा

समाधान संवाददाता २०८२ जेठ २९ गते १६:५३

पोखरा ।

पोखराका सुनचाँदी व्यवसायी बिहीबार आन्दोलनमा उत्रिएका छन् । सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज गर्नुपर्ने माग सहित उनीहरु आन्दोलित बनेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि नाराबाजी समेत गरेका छन् ।

अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ । व्यवसायीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति—नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

Advertisement

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको आन्दोलित व्यवसायीको भनाइ छ । सरकारले लगाएको यो कर निकै अव्यवहारिक रहेको र उपभोक्ताको हित विपरित भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले बताए ।

सुनचाँदी व्यवसायीले देशैभर प्रदर्शन गरिरहेका छन् । उनीहरुले २९ गते र ३० गते व्यवसाय बन्द गरिने बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया