विद्यार्थीलाई ग्लो नेपालको साथ
पोखरा ।
पोखरा महानगरपालिकाका ६ सामुदायिक विद्यालयका विद्यार्थीलाई १५ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ । समाजका गरिब, विपन्न असहाय वर्गका विद्यार्थीको अध्ययनलाई सहयोग पुर्याउने उदेश्यले ग्लो नेपालले शैक्षिक सामग्री उपलव्ध गराएको हो ।
यस आर्थिक वर्षमा विभिन्न विद्यालयका ३ सय जना विद्यार्थीलाई झोला, जुत्ता, मोजा, पोशाक, कपडा, कापी, कलम लगायतकाका शैक्षिक सामग्री वितरण गरिएको ग्लो नेपालका निर्देशक आगमनराज पौडेलले जानकारी दिए । पोखरा १७ महतगौंडा स्थित जानकी माविका ६० विद्यार्थीलाई तीन लाखको शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
महानगरपालिका ६ वटा वडाका एक÷एक सामुदायिक विद्यालयमा २०७४ सालदेखि सुरु भएको कार्यक्रम अन्तर्गत यस वर्ष ३०० जना विद्यार्थीलाई वार्षिक १५ लाखका शैक्षिक सामग्री वितरण गरिएको हो । पौडेलले संस्थाले समाजका गरिब, विपन्न एवं एकल महिलाका लागि सिलाईकटाई लगायतका आयआर्जनसँग जोडिने कार्यक्रम समेत सञ्चालन गर्दै आएको सुनाए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ वडा सदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र गुरुङ, व्यवस्थापन समितिका सदस्य हरि बास्तोला, प्रधानध्यापक अर्जुन कँडेल, शिक्षक तुलसी गिरी लगायतले बोलेका थिए ।
संस्थाले पोखरा १५ स्थित सिद्धमावि फलेपाटनका ६४ विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले जानकारी दिए ।
विद्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष तोरणबहादुर बानियाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचो औंल्याए ।









माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया