शिक्षण तालिम सकियाे

लेखनाथ ।
विद्यार्थीको सिकाईलाई एकरुपता दिने उद्देश्यले कास्कीका गणित शिक्षकलाई तीन दिने शिक्षण सिकाई तालिम दिइएको छ । पोखरा महानगरपालिका वडा नंं २९ वडा कार्यालयको आर्थिक सहयोग र जनप्रकाश माविको व्यवस्थापनमा कास्कीका ४० विद्यालयका ८० गणित शिक्षकलाई तालिम दिइएको हो ।
मंगलबारदेखि सुरु भएको तालिम समापन समारोहमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सिकाईको विधि फरक हुँदा विद्यार्थीमा देखिएको अस्पष्टता अन्त्य गर्नका लागि यस प्रकारको तालिम उपयोगी हुने विश्वास गरे । उनले हिजोको सिकाईलाई परिवर्तन गर्दै समयानुकूल सिकाईका विधि अवलम्बन गर्र्नुपर्नेमा जोड दिए ।
जनप्रकाश मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भवानी कालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, कार्यक्रम संयोजन कृष्णप्रसाद पौडल, जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्मा लगायतले बोलेका थिए ।






जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया