कुमुदिनी होम्समा नेपाली शब्द खेल प्रतियोगिता

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ४, गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रबार प्राथमिक तह (कक्षा ४ र ५ ) स्तरीय अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता भएको छ ।
विद्यालयका सह प्राचार्य मुकेशकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुराँस सदनका दिप्सन आचार्य, आविष्कार लामिछाने, ओसन द्वा र विक्रम नेपालीको समूह प्रथम र डाँफे सदनका विराट सिजापति, यश लाभाजु, सहर्ष थकाली र स्वइच्छा गुरुङको समूह द्वितीय भएका थिए । विद्यार्थीहरूमा सानै तहदेखि नेपाली भाषाप्रति मोह बढोस् भन्ने उद्देश्यले शब्द खेल आयोजना गरिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज दीपेन्द्र थापा मगरले बताए ।
शिक्षकहरू ममता गुरुङ र सुरेन्द्र सदिच्छा निर्णायक रहेको प्रतियोगितामा शिक्षक भुवन गुरुङको प्राविधिक सहयोग रहेको थियो । समय पालकको भूमिकामा शिक्षिका उषारानी राना गुरुङ र कार्यक्रम सञ्चालन शिक्षिका रोशनी श्रेष्ठले गरेकी थिइन् ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया