कानून व्यवसायी संगठनको केन्द्रीय सदस्यमा कुन्जनी निर्विरोध

पोखरा ।
नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए)को केन्द्रीय सदस्यमा पोखराकी अधिवक्ता कुन्जनी परियार प्यासी निर्विरोध भएकी छन् । कुन्जनी सामाजिक न्याय, दलित र महिला अधिकारका लडाइँमा अगुवाइ गर्दै आएकी छिन् । पोखरामा दलित वडासदस्यप्रति भएको विभेद र रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको अकल्पनीय हत्याकाण्डप्रति उनले कानुनी लडाइँ लडेकी थिइन् ।
संगठनको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा थपलिया र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा वरिष्ठ अधिवक्ता भीमसेन बन्जाराको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा हिमादेवी बस्नेत र यसोदा खरेलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रदेशगतरुपमा निर्वाचित हुने केन्द्रीय सदस्यमा कोशीबाट सुमित्र कोइराला, हरिबहादुर बराल र खगेन्द्र बास्कोटा निर्विरोध भएका छन् । मधेशबाट दिपक कुमार केसी, रविकेशर ठाकुर र पार्वती राउत निर्विरोध भएका छन् ।
लुम्बिनीबाट हिरा कुँवर, ठाकुरप्रसाद वली र पदम पाण्डे निर्विरोध भएका छन् । सुदुर पश्चिमबाट आरती खड्का,भोजराज पाठक र प्रेमवहादुर शाही निर्विरोध भएका छन् । विशेषबाट हरि प्रसाद पंगेनी, भक्तपुरबाट सानु सुवाल र ललितपुरबाट सुशील पोखरेल पनि निर्विरोध भएका छन् ।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया