पोखरामा यामाहा ब्लु फेस्ट सुरु, न्यूनतम भ्यालुएसन ५० हजार

समाधान संवाददाता २०८२ असार १ गते १५:२३

पोखरा ।

नेपालकै सबैभन्दा ठूलो भनिएको बाइक एक्सचेन्ज मेला ‘यामाहा ब्लु फेस्ट’ पोखरामा सुरु भएको छ।

Advertisement

सिर्जनाचाेक स्थित सेल सेन्टर अगाडि असार १ गते आइतबार सुरु भएको मेला ६ गतेसम्म सञ्चालन हुनेछ ।

‘एक्सचेन्ज, फाइनान्स एण्ड एक्सपेरियन्स’ भन्ने नारासहित सुरु गरिएको मेलामा कुनै पनि ब्रान्डको पुरानो बाइक साटेर नयाँ बाइक लिन सकिने सुविधा उपलब्ध छ।

Advertisement

आयोजकका अनुसार यामाहाको बाइक ल्याउँदा न्यूनतम ५० हजार रुपैयाँसम्मको मूल्याङ्कन गरिनेछ भने अन्य कुनै पनि ब्रान्डको बाइकमा कर छुट भएको प्रमाण प्रस्तुत गरेमा न्यूनतम २५ हजार रुपैयाँसम्मको मूल्याङ्कन हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया