पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई सेवा निवृत्त

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई उमेर हदका कारण सेवानिवृत्त भएका छन् । उनको सेवा निवृत्तिसँगै सोमबार पोखरा महानगरपालिकाको तर्फबाट विशेष कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ ।
चौलागाईले लामो समयसम्म निजामती सेवामा समर्पित रहँदै विभिन्न तह र जिम्मेवारी सम्हालेका थिए । उनी गत असोजमा पोखराको प्रमुख प्रशासकीय अधिकृतमा आएका थिए । त्यसअघि उनी दलित आयोगमा थिए ।
बिदाइ कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिकाकुमारी शाही योगी, प्रवक्ता मोतीलाल तिम्सिनालगायत महाशाखा तथा शाखा प्रमुखहरू, जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले चौलागाईको प्रशासनिक नेतृत्व, कार्यकुशलता र समन्वय क्षमताको प्रशंसा गर्दै आगामी जीवनको सफलताको कामना गरे।
उनले बिदाइ समारोहमा मन्तव्य दिँदै पोखरामा काम गर्दा प्राप्त गरेको अनुभव र साथप्रति कृतज्ञता व्यक्त गरे ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया