स्वास्थ्यकर्मी युनियनको स्थापना दिवस

समाधान संवाददाता २०८२ असार ४ गते ११:००

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)सँग आबद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा १७ घारीपाटन कास्कीले १६ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा अस्पतालका विभिन्न पदमा नियुक्त तथा स्थायी भएका चिकित्सकलाई सम्मान गरिएको छ ।

Advertisement


समारोहमा जटिल रोगको उपचार गराई रहेकी अस्पतालका माली तुलसीकुमारी ढकाललाई कर्मचारीहरुले १ लाख ४२ हजार सहयोग प्रदान गरेका छन् । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङ, हिमालय आई इन्स्टिच्युटका क्याम्पस चिफ डा हरिविक्रम अधिकारी, डेपुटी मेडिकल डाइरेक्टर डा हरमाया गुरुङ, आउट रिच प्रोग्राम डाइरेक्टर प्राडा ईन्द्रमान महर्जन, अस्पताल व्यवस्थापन समितिको बैठकबाट स्थायी भएका नेत्र रोग विशेषज्ञ डा अनिल पराजुली, डा अञ्जु गुरुङ, डा कृष्णा गुरुङलाई खादा माला लगाएर शुभकामनापत्र प्रदान गरिएको युनियनका अध्यक्ष गोविन्दनाथ योगीले जानकारी दिए ।


कार्यक्रममा अस्पतालका निवर्तमान मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरियो । नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले अस्पतालको सेवालाई चुस्त, दुरुस्त बनाउन स्वास्थ्मकर्मी र कर्मचारीको भूमिका रहेको बताए ।

Advertisement


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले श्रमिक सचेत र संगठित भए सबै माग पुरा गर्न सक्ने तर्क गरे । उनले इमान्दार र अनुशासित भएर काम गर्नुको अलवा हक, अधिकारप्रति सचेत बन्न आग्रह गरे ।


कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य प्राडा ज्ञानबहादुर कार्की, अस्पतालका व्यवस्थापक कुमार गवुबजा, नेत्र विशेषज्ञ तथा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय सल्लाहकार मञ्जु आचार्य, युनियनका निवर्तमान अध्यक्ष प्रेमकुमार नकर्मी, पूर्व अध्यक्ष छबबहादुर बस्नेत, पूर्व अध्यक्ष तथा सल्लाहकार नवीन बराल, सल्लाहकार हरिप्रसाद अर्याल, युनियनका सचिव अनिलकुमार सिंह लगायतले स्थास्थ्यकर्मी तथा कर्मचारीको हक, अधिकारका लागि युनियनले खेलेको भूमिकाबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया