विपद् जोखिम कम गर्न रेडक्रसको प्रशिक्षण

पोखरा ।
विपद् व्यवस्थापनका लागि स्थानीय समुदायलाई सशक्त बनाउन नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतका उपशाखाहरुले विपद् व्यवस्थापन प्रशिक्षण आयोजना गरेका छन् । नेपालमा मनसुन भित्रिएसँगै बाढी, पहिरोका घटनालाई मध्यनजर राख्दै विपद् प्रतिकार्यमा जुट्न, राहत तथा उद्वारका लागि योजना बनाउन प्रशिक्षण गरिएको रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले जानकारी दिइन् ।
उनले समुदायका अगुवा कार्यकर्तालाई तालिम प्रशिक्षण दिएर समुदायमा पहिचान गरे विपद्् व्यवस्थापनको क्षेत्रमा ठूलो सहयोग पुग्ने बताइन् । मनसुनजन्य प्रकोपलाई लक्षित गरेर नेपाल रेडक्रस सोसाइटी पोखरा १, ८ र १९ उपशाखाले जनप्रतिनिधि, रेडक्रस एवं वडा स्तरीय विपद् व्यवस्थापन समिति, टोल विकास संस्था, आमा समूह, युवा क्लब, संकटासन्न समुदायका प्रतिनिधिको सहभागितामा विपद् व्यवस्थापन प्रशिक्षण गरेका छन् ।
कार्यक्रममा रेडक्रस कास्की कोषाध्यक्ष मोहनसिंह खड्का, कास्की शाखाका प्रशिक्षक नवराज भण्डारी र वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले सहजीकरण गरेका छन् । प्रशिक्षक भण्डारीले तालिम प्रशिक्षणमा विपतको पूर्व तयारी, विपद्को समयमा खोज उद्वार तथा विपद् पछिको पुनर्लाभको विषयमा सहजीकरण गरे ।
कार्यक्रममा पोखराका तीन वटै वडाका मनसुनजन्य प्रकोप, विपद्का उच्च जोखिमका क्षेत्रहरुसमेत पहिचान गरिएको छ । पोखराका वडा नम्बर १ को उत्तरी क्षेत्रको सेती नदीको किनारा बाढी पहिरोको उच्च जोखिमको क्षेत्र पहिचान गरिएको रेडक्रस सोसाइटी पोखरा १ उपशाखाका सभापति जीवन अधिकारीले जानकारी दिइन् ।
तालिमका क्रममा पोखरा महानगरपालिकाका १९ भित्रका टोलमा हुन सक्ने प्रकोपको समेत आंकलन गरी त्यसबाट पुग्न सक्ने क्षतिको समेत अनुमान गरिएको छ । सेती नदीको तिरमा रहेको गोस्ते बस्ती, पुरनचौर अन्तर्गतका काउरे बस्ती लगायत भिराला क्षेत्रका बस्ती पोखरा १९ को बाढी र पहिरो दुबैका हिसाबले उच्च जोखिमको क्षेत्र पहिचान भएको रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाका सभापति रमेश विकले बताए ।
रेडक्रस सोसाइटी पोखरा ८ उपशाखाका सभापति विष्णुप्रसाद बरालले पोखरा ८ पूरै शहरी क्षेत्र भएकोले सहरी क्षेत्रमा हुन सक्ने प्रकोप र विपद्का विषयमा छलफल गरिएको जनाए । ‘वर्षातको पानी ढलमा नअटेर सडकमा ठूलो बाढीको रुपमा परिणत हुन्छ । सवारी दुर्घटना, भूकम्प र आगोलागी वडाको मुख्य प्रकोप तथा विपद्का घटना हुन्,’ उनले भने, ‘सडकमै बग्ने ठूलो बाढीले पैदल यात्री र सवारी साधनमा आवत जावतमा सास्ती भएको छ । पैदल यात्री र सवारी साधन बगाएर क्षतिसमेत हुने गरेको छ ।’
उनले सडकका नाली र नालीमाथिका स्ल्यापहरू ठाउँ ठाउँमा खाली हुँदा बालबालिकालाई बगाउने जोखिम बढेको जानकारी दिए । कार्यक्रममा रेडक्रस कास्कीका प्रशिक्षक भण्डारीले आगलागीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर राख्दै आगोसम्बन्धी पूर्व तयारी र आगो लागेमा निभाउने विषयमामा प्रयोगात्मक अभ्यास सिकाएका थिए ।
रेडक्रस सोसाइटी पोखरा १, ८ र १९ उपशाखाको तालिम प्रशिक्षण कार्यक्रममा पोखरा ८ का अध्यक्ष रुद्रनाथ बराल, पोखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक भट्टराई, पोखरा १९ का वडा सदस्य दुर्गा बस्नेत, नेपालीको सोसाइटी कास्की जिल्ला शाखाका सदस्य नवराज पौडेल लगायतले विपद् व्यवस्थापनको क्षेत्रमा रेडक्रस सोसाइटीले गरेका कामबारे बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले मनसुनी वर्षातले चालु तथा आगामी आर्थिक वर्षमा प्राकृतिक प्रकोप, दुर्घटना र विपद्जन्य घटनाबाट कास्कीमा १ हजार परिवार प्रभावित हुने प्रक्षेपण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले विपद् व्यवस्थापनको क्षेत्रलाई १० क्लस्टरमा विभाजन गरेर काम गर्छ । १० क्लस्टरमध्ये अस्थायी आवास तथा गैर खाद्य सामग्री व्यवस्थापनको क्षेत्रमा रेडक्रस कास्कीको जिम्मेवारीमा पर्छ ।
रेडक्रस कास्कीले हरेक वर्ष विपद् प्रभावितलाई तत्काल राहत सहयोग गर्छ । विपद् व्यवस्थापनका लागि पूर्व तयारी, न्यूनीकरण, विपद् प्रतिकार्य र उद्वार तथा राहात सेवा कायलाई रेडक्रसले अघि बढाएको छ । रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितहरुको राहात तथा उद्दारका लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको छ । रेडक्रस कास्की अन्तर्गतका उपशाखाहरुले समेत क्षमता अनुसारको राहत कोष स्थापना गरेर विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेका छन् ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया