उद्योग व्यापार संघ कास्कीमा विष्णुबहादुर विक

पोखरा ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कास्कीको तेस्रो जिल्ला भेला भएको छ । भेलाले अध्यक्ष विष्णुबहादुर विकको नेतृत्वमा ११ पूर्ण र ४ वैकल्पिकसहित १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
संघ कास्की उपाध्यक्षमा प्रकाश बराल, सचिव भागिरथ शर्मा, सहसचिव दीपक पौडेल र कोषाध्यक्षमा रिता घर्तिमिरे विक छन् । कार्यसमितिको सदस्यमा गंगाबहादुर पुन, सुष्मा थापा, नीतेश पोखरेल, दयाराम लामिछाने, सोमनाथ अधिकारी छन् भने वैकल्पिक सदस्यमा राजेन्द्र सुवेदी, छविलाल सुनार, खिमबहादुर घर्ती र धनराज सुनार छन् ।
अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले भेला उद्घाटन गर्दै संघ सरकारले ल्याएको बजेट राष्ट्रिय अर्थतन्त्रको निर्माणको दिशामा अग्रगामी बन्न नसकेको आरोप लगाए । गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना लगायतलाई पुन सञ्चालनमा सरकारको ध्यान नपुगेको उल्लेख गर्दै उनले रुग्ण उद्योगको सबलीकरणका लागि सरकारले चासो नदिएको बताए ।
‘सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी छ । सफल कार्यान्वयनका लागि प्रष्ट आधार देखिएको छैन,’ उनले भने, ‘उद्योगका लागि सहुलियत ऋण, उर्जामा पहुँच र प्रविधि हस्तान्तरणको बारेमा व्यवस्था छैन ।’ उनले राष्ट्रिय लगानीमा बृहत उत्पादन, मेड इन नेपाल हाम्रो सान कार्यक्रम सञ्चालन गर्न माग गरे ।
पेट्रोलियम खानी सार्वजनिक साझेदारीमा सञ्चालन गर्न आग्रह गर्दै अध्यक्ष पौडेलले भूमी बैंकसम्बन्धी नीति खारेज गर्न अनुरोध गरे । उनले साना लगानीका लागि १५ लाखसम्म बिना धितो ऋण प्रवाह गर्न माग गरे । उनले उद्योग खर्च न्यूनीकरण गर्न र निर्यात प्रवद्र्धन गर्न अनुरोध गर्दै उनले उत्पादन मुलक क्षेत्रमा पुँजी परिचालन गरी युवा पलायन रोक्न आग्रह गरे । उनले एक पालिका एक उत्पादन र एक जिल्ला एक औद्योगिक करिडोर स्थापना गर्न सरकारसमक्ष माग गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, कास्की अध्यक्ष रविमोहन ढकाल, राष्ट्रिय जनमोर्चाका नेताहरु चन्द्रबहादुर केसी, केबी थापा, तमबहादुर रोका, मेघराज ढकाल, नामबहादुर बाठामगर, डम्बर थापा, सोमनाथ अधिकारी, लक्ष्मण पुन, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले उद्योगी व्यवसायीका समस्याबारे बोलेका थिए ।
भोलाले व्यापार संघ कास्कीको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया