लेखनाथ खानेपानी उपभोक्ता संस्थाको वार्षिकोत्सव

लेखनाथ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाले बुधवार विविध कार्यक्रम गरि २४ औं वार्षिकोत्सव मनाएको छ । विंस २०५८ सालमा लेखनाथ नगरपालिकाको अग्रसरतामा संस्था स्थापना भएको हो ।
कार्यक्रममा उपभाेक्तालाई सहज र सरल तरिकाले पानी आपुर्तीको व्यवस्था मिलाउन थप पानीको स्रोत जुटाउने तर्फ अग्रसर हुन वक्ताहरुले जोड दिएका थिए ।
संस्थाको मुख्य पानीको स्रोत विजयपुरको गिउजे खोला, भुमिगत सववोलिङ्ग र पहाडी भुभागका लागि लिफटीङ्गका योजना गरि अहिलेसम्म करिव १७ हजार दुई सय धाराबाट पोखरा महानगरपालिका वडा नं २६ देखि ३२ सम्मका उपभोक्ताहरुलाई खानेपानीको व्यवस्था मिलाउँदै आएको छ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथवासीले गरगहना देखि बाख्रा पाठा बेचेर खानेपानीमा पैसा जम्मा गरेको बताउँदै योजनालाई थप व्यवस्थीत बनाउनका सबैको साथ सहयोग अपरिहार्य भएको बताए ।
‘योजनामा प्रति वर्ष ६/७सय नयाँ उपभोक्ताहरु थपिँदै गएकाले अवको १० वर्ष पछिको जनसंख्यालाई ध्यानमा राख्दै वैकल्पीक खानेपानीको स्रोतको खोज्न आवश्यक छ । पानीलाई गुणस्तरिय तथा स्वच्छ बनाउने नयाँ प्रविधिको खोजीतर्फ पनि ध्यान दिनुपर्छ,’ उनले भने ।
संघिय खानेपानी तथा ढल निकास आयोजनाका प्रमुख पदमबहादुर पोखरेलले राज्यले गर्नुपर्ने काम स्थानीय उपभोक्ताहरु मिलेर गरेकाले यसमा राज्यको ध्यान जानु पर्नेमा जोड दिए । गण्डकी प्रदेश खानेपानी कार्यालय स्याङ्गजाका प्रमुख हरिप्रसाद तिमिल्सेनाले प्रदेशको निती तथा कार्ययोजनामा यो आयोजनाले उदाहरणी काम गरेकाले यसमा सरकारको तर्फबाट सक्दो सहयोग रहने विश्वास दिलाएका थिए ।
संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदी, वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ, मादी गाउपालिका वडा नं ७ का वडाअध्यक्ष दुर्गाबहादुर गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद बराल र गगनगौडा खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष राजु खत्री लगायतले योजनालाई अझ बढि ब्यवस्थीत र गुणस्थरिय खानेपानी वितरणका लागि नयाँ नयाँ योजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाकी सचिव नारायणी भट्टराईले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुंगानाले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया