सृजना माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

समाधान संवाददाता २०८२ असार ६ गते ११:३५
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 36;

पोखरा ।
पोखराको सृजना माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण दिइएको छ । प्रेस क्लब गण्डकीको आयोजना र पोखरा महानगरपालिका न्यायिक समितिको सहयोगमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रमअन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया आयोजना गरिएको हो ।


नागरिकस्तरमा न्यायिक समितिको जानकारी पुर्‍याउने उद्देश्यले विभिन्न संघसंस्थासँग सहकार्य गरी यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कार्यक्रममार्फत न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकारक्षेत्रबारे विद्यार्थीलाई जानकारी दिइयो ।

न्यायिक समिति नयाँ व्यवस्था भएकाले सर्वसाधारणमा पर्याप्त जानकारी नभएको हुँदा यसको व्यापक प्रचार गरी सहज र सरल रूपमा न्याय प्रदान गर्न कार्यक्रम सञ्चालित रहेको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।

Advertisement


सृजना माविका प्राचार्य डोलराज पाण्डेले न्यायको क्षेत्रमा सिक्ने अवसर प्राप्त हुनु महत्वपूर्ण भएको बताउनुभयो । कम खर्चमा छिटो र झन्झटमुक्त रूपमा न्याय प्राप्त गर्ने उद्देश्यले न्यायिक समिति गठन गरिएको उनले उल्लेख गर्दै भने, ‘न्याय जान्दिनँ भन्ने छुट नहुने भएकाले कानुन बुझ्न जरुरी छ । यो अवसर प्रदान गरेकोमा प्रेस क्लब र न्यायिक समितिप्रति हामी आभारी छौँ ।’


कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले समितिको गठन प्रक्रिया र अधिकारक्षेत्रबारे सहजीकरण गर्नुभयो भने अभिलेख संरक्षक पवन सुवेदीले मेलमिलापकर्ता सूचीकरणको प्रक्रिया, आचारसंहिता र योग्यताबारे जानकारी दिए । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजराम पौडेल, सचिव गौरव त्रिपाठीलगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया