प्रदेश सभा सदस्य सुनीता डेफ नेसन एक्पोमा वक्ताका रुपमा सहभागी हुने

पोखरा । गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन ६ देखि ८ गतेसम्म अर्थात् जुलाई २२ देखि २४ सम्म अमेरिकाको लस भेगासमा आयोजना हुने डेफनेसन एक्पोमा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन पाउनु आफूका लागि ठूलो सम्मान र गर्वको विषय भएको उल्लेख गरेकी छन् । ‘नेपाल र बहिरा समुदायको प्रतिनिधित्व गर्ने यो अवसर दिएकोमा आयोजक जोएल बारिश र सम्पूर्ण बहिरा राष्ट्र समूहप्रति म आभारी छु,’ थापाले लेखेकी छन् ।
थापाले विश्वभर रहेका बहिरा समुदायका सदस्यहरूलाई एकता, पहिचान र सशक्तीकरणको यो प्रेरणादायी उत्सवमा सहभागी भई लस भेगासमा भेट्ने आह्वान समेत गरेकी छन् ।
डेफनेसन एक्पो श्रवण अशक्तता भएका व्यक्तिहरूका लागि विश्वकै सबैभन्दा ठूलो खुला सम्मेलन मानिन्छ, जसमा ७१ देशका प्रतिनिधिहरू, अभियन्ता, संस्थाहरू र बहिरा समुदायका १५ देखि २५ हजारसम्म सहभागी हुने अनुमान गरिएको छ ।
प्रदेशसभा सदस्य थापाको सहभागिता नेपालका लागि मात्र नभई दक्षिण एसियाली बहिरा समुदायका लागि पनि गर्वको विषयका रूपमा हेरिएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया