प्रगति माविमा सांगीतिक उत्सव
समाधान संवाददाता
२०८२ असार ७ गते १७:४६

पोखरा । विश्व संगीत दिवसको अवसरमा प्रगति माध्यमिक विद्यालय पोखरा १६ बाटुलेचौरमा प्रगति संगीत उत्सव २०८२ भएको छ । विद्यालयले वर्षैपिच्छे सञ्चालन गर्ने सङ्गीत दिवसका कार्यक्रम यो वर्षसगैँ १६ औ संंस्करण पुगेको छ ।
विद्यालयका नृत्य प्रशिक्षक मानबहादुर गुरुङको संयोजकत्वमा प्रगति संगीत उत्सव सञ्चालन भएको हो । २४ प्रस्तुतिमा विद्यालयका शिक्षक विद्यार्थी तथा कर्मचारी गरी ६० ले प्रतिभा देखाए । कार्यक्रममा अभिभावक सञ्चिता तामाङ, यमुना गुरुङ, सन्ध्या बसेल र मीना भण्डारीले पनि बोलेका थिए ।
कार्यक्रममा लोकविधाका गीत, अंग्रजी गीत, आधुनिक तथा पप विधाका विभिन्न गीत प्रस्तुत भएको विद्यालयका सूचना अधिकारी जयराम पौडेलले बताए ।
सम्बन्धित









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया