सामाजिक अध्ययन मञ्च कास्कीको प्रतिवेदन लेखन स्पर्धा

पोखरा ।
सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगिता भएको छ । विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्नका लागि गण्डकी प्रदेशको पोखरा उच्च अदालतमा क्षेत्र भ्रमण गराइयो, जहाँ उनीहरूले प्रत्यक्ष रूपमा अदालती प्रक्रिया, न्यायालयको संरचना, न्याय प्रणालीका विविध पक्ष अवलोकन गरी जानकारी लिएका थिए ।
विद्यार्थीले त्यसरी जानकारी संकलन गरी प्रतिवेदन लेखेका थिए । मञ्च अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख कृष्णबाबु बराल, मञ्चका सचिव तिलक काफ्ले, कार्यक्रम संयोजक नारायणी शर्मा, निवर्तमान अध्यक्ष दिनेश अर्याल, पोखरा उच्च अदालतमा उपरजिस्टार जीवन पौडेल लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कास्कीका ९६ विद्यार्थीको सहभागिता थियो । एक हप्ताभित्र प्रतिवेदनहरू परीक्षण गरि नतिजा प्रकाशन गरिने र लगत्तै पुरस्कार वितरण गरिने आयोजक मञ्चले जनाएको छ ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया