कास्की कांग्रेसको प्रशिक्षण

पोखरा ।
नेपाली कांग्रेस प्रशिक्षण शाखा कास्कीले शनिबार प्रशिक्षण दिएको छ । पोखराको चिप्लेढुंगा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली कांग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता थियो ।
जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की कांग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । कार्यक्रममा डा यमनाथ तिमिल्सिना र प्रेमप्रसाद शर्माले प्रशिक्षण दिए ।
कार्यक्रममा काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई मजबुत र शशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकूल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गरे । नेपाली काँग्रेस कास्की उपसभापति एवं प्रशिक्षण शाखाका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम शाखाका सदस्य पशुपति शर्मा भट्टराईले पनि बोलेका थिए ।







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया