प्रतिभामा हाजिरीजवाफ र वक्तृत्व

पोखरा ।
पोखरा ३ नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयमा शनिबार विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता भएका छन् । दुवै प्रतियोगितामा गोरखाको ओल्ड क्यापिटल स्कुलका विद्यार्थी प्रथम बने ।
हाजिरीजवाफ प्रतियोगिता संयोजक रामप्रसाद सुवेदीले प्रतियोगितामा ५० टिमले भाग लिएको जनाए । गोरखाको ओल्ड क्यापिटल स्कुलका प्रसिद्धिका अर्याल, विशेष महरट्ठा र ऋचा मरहट्ठाको टिम प्रथम हुँदै २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र पाए । पोखराको भास्कर मेमोरियल स्कुलकी अदिती पौडेल र कृति पाण्डे तथा वेस्ट प्वाइन्टका सम्देश तिवारीको टिम दोस्रो हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाए ।
अमरसिंह नमुना माविका उत्सव पौडेल, सपना यादव र अनिष बमजनको टोली तेस्रो हुँदै १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र पाए । पोखराको जिबिएसका अमन पाण्डे, विष्णुप्रसाद पहारी र शिशु निकेतनका अविनाश पौडेलको टिम चौथो भएर ५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र हात पारे । ‘विद्यार्थीमा अध्ययनको शिलशिलालाई निरन्तरता दिलाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो । परीक्षा सकेपछि पनि विद्यार्थीलाई अध्ययनमा सक्रिय राख्न यस्ता गतिविधि सहयोगी हुन्छन्,’ सुवेदीले भने ।
शनिबार नै भएको वक्तृत्वकला प्रतियोगिताको शीर्षक ‘प्रतिभा पलायन र यसले पारेको प्रभाव’ यिो । वक्तृत्वकलाका निर्णायकमा जीवनसागर भण्डारी, कमल कोइराला र डोलराज अर्याल थिए । प्रतियोगिता संयोजक डा बोधराज ढकालले प्रतियोगितामा गोरखाको ओल्ड क्यापिटल स्कुलकी प्रसिद्धिका अर्याल प्रथम हुँदै ७ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पाएको जानकारी दिए ।
लमजुङको कुशुमाकर माविका सचित घिमिरे दोस्रो हुँदै ५ हजार पाए । पोखराको बालोदय बोर्डिङ स्कुलकी एलिशा भुषाल तेस्रो हुँदै ३ हजार रुपैयाँ र स्याङ्जाको चण्डिका माविकी दीक्षा क्षेत्रीले सान्त्वना पुरस्कार स्वरुप एकहजार पाइन् । प्रतियोगितामा २१ जना सहभागी थिए ।
विद्यालयले सञ्चालन गरेको ‘क्रिएटिभीटी एन्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत शनिबार हाजिरीजवाफ र वक्तृत्वकला भएका हुन् । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै असार १ देखि फेयर सुरु भएको हो ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीलाई अध्ययनमा जोडिराख्नका लागि प्रतियोगिताहरु आयोजना गरेको बताए । उनले भने, ‘रचनात्मक कार्यक्रमले विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउने अवसर दिलाउँछ । विद्यार्थीमा फरक क्षमता पहिचान गर्नका लागि पनि यस्ता शैक्षिक गतिविधि आवश्यक छ ।’
विद्यालयले एक सातादेखि फेयरभित्र विभिन्न कार्यक्रम गर्दै आएको छ । असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि तथा शनिबार हाजिरीजवाफ र वक्तृत्वकला भए । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता गरिएको प्राचार्य सापकोटाले जानकारी दिए ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया