किशोरीका समस्यामा छलफल

पोखरा ।
अन्नपूर्ण सामाजिक दिगो विकास केन्द्र पोखरा ७ अन्नपूर्ण टोलले किशोरी अवस्थामा देखिने चुनौती, अवसर र समाधान सम्बन्धी अन्तक्र्रिया गरेको छ । श्रीकृष्ण मावि मासबारमा भएको कार्यक्रममा दिगो विकास केन्द्रका सदस्य, विद्यालयका शिक्षक, कक्षा ८, ९ र १० किशोरी गरी ४० जनाको सहभागिता छ ।
कार्यक्रममा डा छममाया पुनले किशोेरी अवस्थामा देखिने लक्ष्यणका सम्बन्धमा सहजीकरण गरिन् । समारोहमा विद्यालयका ५० विद्यार्थीलाई सेनेटर प्याडसमेत वितरण गरियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाचन्द्र बराल, अन्नपूर्ण सामाजिक दिगो विकास केन्द्रका अध्यक्ष रामप्रसाद बस्ताकोटी, महासचिव दिनबन्धु पौडेल, सचिव श्याम रेग्मी, कार्यक्रम सयोजक भीमा पौडेलले किशोरी अवस्थामा देखिने चुनौतीबारे बोलेका थिए ।
यसैबीच पोखरा महानगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले महिलाले महिनाबारी सुक्ने वेलामा भोग्नु परेका समस्याबारे छलफल गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को बजेट अन्तर्गत भएको कार्यक्रममा ४५ वर्षदेखि ५० वर्षसम्मका महिलाको सहभागिता रहेको छ । वडाध्यक्ष राममोहन आचार्यले महिनाबारी सुक्ने बेलामा देखिने लक्ष्यण, मानसिक, शारीरिक र सामाजिक परिवर्तनको बारेमा आम महिलालाई अवगत गराउन कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर ७का जनप्रतिनिधि, आमा समूहका प्रतिनिधि, सहरी स्वास्थ्य केन्द्रका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकाका सहभागिता रह्यो ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया