पोखरामा नेवा समुदायका मौलिक परिकार यमरी र चटामरी तालिम सम्पन्न
३० जना सहभागी, सांस्कृतिक र व्यावहारिक पक्षमा जोड

पोखरा । नेवा जागरण मञ्च कास्कीको आयोजनामा पोखरा महानगरपालिका–८ स्थित होटल मित्र, पृथ्वीचोकमा नेवा समुदायका परम्परागत परिकार यमरी र चटामरी बनाउने तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
असार ८ गतेदेखि सुरु भएको तालिमको उद्घाटन कार्यक्रम नेवा जागरण मञ्च कास्कीका अध्यक्ष राजेन्द्र मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको सुरुवातमा बरिष्ठ उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। तालिममा प्रमुख अतिथि वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले शुभकामना व्यक्त गरे।
उद्घाटन समारोहमा बरिष्ठ सल्लाहकार उदय बहादुर अमात्य, संरक्षक राजेन्द्र साई र विशेष अतिथि अशोक कुमार पालिखेले पनि आफ्ना धारणा प्रस्तुत गरे। तालिममा प्रशिक्षक मनिला ताम्रकारले यमरी र चटामरी बनाउने व्यावहारिक सीप सिकाइन् भने अधिवक्ता राजेन्द्र मान श्रेष्ठले ती परिकारका सांस्कृतिक, ऐतिहासिक र सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिए।
नेवा समुदायको मौलिक खानपान संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा २८ जना महिला र २ जना पुरुष सहभागी भएका थिए। सहभागीहरूले परिकार बनाउने सीपसँगै संस्कृति जगेर्नासम्बन्धी ज्ञानसमेत हासिल गरेका छन्।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया