पूर्व भौतिक मन्त्री जुग्जालीले च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

समाधान संवाददाता २०८२ असार ९ गते १२:३९

पोखरा

Advertisement


गण्डकी प्रदेशका पूर्व भौतिक मन्त्री रेशमबहादुर जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयकाे बजेट पुस्तिका च्यातेका छन् । सोमबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि छलफलका क्रममा प्रदेश सभाकाे राेष्टममा जुग्जालीले मन्त्रालयबाट विनियोजन बजेट समन्यायिक नभएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । उनले दुई÷दुई वर्ष म्याग्दीका लागि भौतिक पूर्वाधारबाट अन्याय भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।

जुग्जालीले भौतिक पूर्वाधार मन्त्री प्रकाश केसीले म्याग्दी जिल्लाको भूगोल नबुझेको आरोपसमेत लगाए । ‘मुख्यमन्त्री ज्यू त यसअघि म्याग्दी जिल्ला पुग्नुभएको छ । भौतिक पूर्वाधार मन्त्री घुम्नुभएको छैन, तपाईलाई थाहा पनि छैन, होला,’ म तपाईंलाई भन्न चाहन्छु, म तपाईंलाई मेरो व्यक्तिगत पैसाबाट म्याग्दी जिल्लाको घुमाउन चाहन्छु,’ जुग्जालीले भने ।

Advertisement


उनले भौतिक पूर्वाधार मन्त्रीलाई अझै बजेट नपुगेकाले आफू र हरि भण्डारीको भागमा परेको बजेट पनि काटेर आफूले लैजान भनेका छन् ।


जुग्जाली यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री थिए । जुग्जालीपछि दीपक मनाङ मन्त्री भए, कांग्रेस एमाले गठबन्धन बनेपछि प्रकाश केसी भौतिक मन्त्री बनेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया