गण्डकी प्रदेशकाे बजेट माथी छलफल

भौतिक पूर्वाधार मन्त्रालयको खर्च कटौती गरेर १ रुपैयाँ पुर्‍याउन कुसुम बुढा पुनको प्रस्ताव

समाधान संवाददाता २०८२ असार ९ गते १७:४५

पोखरा ।

Advertisement

गण्डकी प्रदेशसभामा सोमबार मन्त्रालयगत विनियोजनमाथि छलफल हुने क्रममा सांसद कुसुम बुढा पुनले भौतिक पूर्वाधार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गरेकी छन् । उनले मन्त्रालयको बजेट वितरणमा भूगोलभन्दा व्यक्तिको प्राथमिकता दिइएको भन्दै तीव्र आपत्ति जनाइन् । उनले खर्च कटाैतीकाे प्रस्तावमा सूचना दर्ता गरेकी थिइन् ।

‘कुनै जिल्लाको बजेटभन्दा कुनै मान्यज्यूको एउटा आयोजनाको बजेट भारी हुनु समन्यायिक होइन,’ उनले बजेट पुस्तिका वितरण लगनपछिको पोते जस्तो अव्यवस्थित भएको टिप्पणी गरिन् । उनका अनुसार गोरखा जिल्लाका लागि ६५ करोड, कास्कीका लागि ७५ करोडभन्दा बढी, तर तनहुँका लागि ३५ करोड मात्र बजेट विनियोजन गरिएको बताइन् । यस्तै, तनहुँजस्तै देखिने मुस्ताङ जिल्लामा केवल ९ करोड ५३ लाख मात्र विनियोजन गरिएको उनले औंल्याइन् । पुनले बजेट कार्यान्वयनतर्फ पनि गम्भीर आपत्ति जनाउँदै भनिन्, ‘अबको वर्ष दायित्व नै पूरा गर्न नसक्ने हो कि जस्तो देखिन्छ ।’

Advertisement

अहिले भौतिक पूर्वाधार मन्त्रालयको हाल १३ अर्ब भुक्तानी गर्नुपर्ने दायित्व रहेकोमा ६ अर्ब मात्र दायित्व भुक्तानी गर्ने गरी बजेट आएकाले खर्च कटौती प्रस्ताव पेश गरेकी हुन् । उनले मन्त्रालयको खर्च कटाएर १ रुपैयाँमा सीमित गर्ने प्रस्ताव राखेकी छन् । खर्च कटौती प्रस्ताव पेश गर्ने उनले बजेट सबै जिल्लामा समन्यायीक हुनुपर्ने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया