पोखरा सिटी रेवानको कार्यक्रममा २६ युनिट रगत

पोखरा ।
पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन (पोखरा सिटी रेवान) पोखराले बिहीबार खुला रक्तदान कार्यक्रम गरेको छ । संस्था २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको सन्दर्भमा गरिएको कार्यक्रममा २६ युनिट रगत संकलन भएको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले पहिलो रक्तदाता अरबीन मगरलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिन् । उनले रेडक्रसले रगतको संकलन, भण्डारण र वितरणको काम गर्ने जानकारी दिइन् । उनले रेडक्रस कास्की अन्तर्गतको प्रादेशिक रक्त सञ्चार सेवामा उच्चतम प्रविधिको प्रयोग गरी रगतको गुणस्तरीयता कायम गर्नमा ध्यान दिएको बताइन् ।
६ सयभन्दा बढी संस्था रक्तदान अभियानमा जोडिएको जानकारी दिँदै उनले हरेक ३ महिनामा नष्ट हुने रगत दान गरेर अरु कसैको जीवन बचाउन सकिने उल्लेख गरिन् । संस्थामा संस्थापक अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले लेकसाइड बाहेकका पोखराका सबै सहरी क्षेत्रका रेष्टुरेन्ट र बारहरुले पर्यटन प्रवद्र्धनको काम गरेको बताए ।
एसोसियसनका पूर्व अध्यक्ष केपी शर्मा पाध्यले देशको विभिन्न क्षेत्रको अध्ययन गरेर पोखराको पर्यटन प्रवद्र्धनको काम गरेको जानकारी दिए । पोखरा सिटी रेवानका अध्यक्ष तिमिल्सिनाले एसोसियसन पोखरा भ्रमण वर्ष २०२५ को कार्यसम्पादन समितिको सदस्यको रुपमा रहेर काम गरेको जनाए ।
कार्यक्रममा पोखरा सिटी रेवानका पूर्वअध्यक्ष यमबहादुर गुरुङ, नेपाल घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमल न्यौपाने, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरे, सामाजिक अभियन्ता बलराम बराल, पत्रकार श्याम कुँवर, पोखरा सिटी रेवानका वरिष्ठ उपाध्यक्ष तुलसा क्षत्री, कार्यक्रम संयोजक रामप्रसाद ज्ञवाली, सचिव केशव घिमिरे लगायतले बोलेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया