मदरल्यान्डका ११ विद्यार्थीको ४ जिपिए

समाधान संवाददाता २०८२ असार १४ गते १२:०६

पोखरा ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पोखरा मासबारको मदरल्याण्ड माध्यमिक विद्यालयबाट ११ विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

Advertisement

शास्वत रेग्मी, अभिनव पराजुली, दिव्या पराजुली, ऋतिका यादव, आमन गुरुङ, आराध्य पौडेल, अर्पण पौडेल, विशेष बञ्जारा, ओशन त्रिपाठी, सभ्य मल्ल र साक्षी भण्डारीले ४ जिपिए ल्याएको मदरल्यान्ड विद्यालयले जनाएको छ । पोहोर पनि मदरल्यान्डका १० विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यसपालि १८ जनाले ३.९६ जिपिए ल्याएका छन् । मदरल्यान्डबाट १६६ विद्यार्थी एसइईमा सामेल थिए ।

Advertisement

तपाईको प्रतिक्रिया