शून्य बेरुजु महाभारत गाउँपालिकालाई मलेपको सम्मान

पोखरा ।
शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ। आफ्नो ६७औं वार्षिकोत्सव समारोहमा कार्यक्रममा विशेष अतिथी सार्वजनिक लेखा समितिका सभापतिले अध्यक्ष कान्छालाल तामाङ्लाई सम्मान पत्र प्रदान गरे ।
यसको अलावा प्रदेशगत रुपमा सबैभन्दा कम बेरुजु अङ्क कायम गर्न सफल ७ वटा स्थानीय सरकार (४ नगरपालिका र ३ गाउँपालिका) लाई समेत सम्मान गरिएको छ। यसरी सम्मानित हुनेमा कोशीबाट शोलुदुधकुण्ड नगरपालिका-सोलुखुम्बु, मधेशबाट इशनाथ नगरपालिका-रौतहट, बागमतीबाट मण्डन देउपुर नगरपालिका-काभ्रे, गण्डकीबाट अन्नपूर्ण गाउँपालिका-म्याग्दी, लुम्बिनीबाट पाणिनी गाउँपालिका अर्घाखाँची, कर्णालीबाट त्रिवेणी गाउँपालिका-सल्यान र सुदुरपश्चिमबाट पञ्चदेवल विनायक नगरपालिका-अछाम छन्।
महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी सभामुख देवराज घिमिरेले स्थानीय सरकारमा लेखा समितिहरु कृयाशील भई बेरुजु फर्स्यौटमा तदारुकता देखाउनु पर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बनाएर वित्तीय व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सुझाव दिनु भयो। कार्यक्रमका अध्यक्ष महालेखा परीक्षक तोयम रायले यस वर्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा २३ जिल्ला र ४ प्रदेशतहमा लेखा परीक्षण प्रवोधीकरण कार्यक्रमको सहजीकरण गरिएको बताए ।








काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया