हुलाक कर्मचारीलाई तालिम

समाधान संवाददाता २०८२ असार १६ गते ११:३४

पोखरा ।
हुलाक निर्देशनालय पोखराले आयोजना गरेको दुईदिने कर्मचारी क्षमता विकास तथा पुर्नताजगी तालिम सकिएको छ । कार्यक्रममा हुलाक निर्देशनालय अन्तर्गतका जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी र हुलाक निर्देशनालय पोखरामा कार्यरत कर्मचारी गरी ४० जना सहभागी थिए ।


कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले तालिममा सिकेका सीप सेवा प्रवाहमा प्रयोग गर्दै इमान्दारी र नैतिकताका साथ हुलाक सेवा प्रवाह गरी सेवाको विश्वसनियतामा वृद्धि गर्नुपर्ने बताए । हुलाक निर्देशनालय पोखराका निर्देशक नारायणप्रसाद आचार्यले कर्मचारीको दक्षता बढाउनु नै गुणस्तरीय सेवा प्रवाहको आधार भएको उल्लेख गरे ।


हुलाक सेवा प्रणालीलाई प्रविधिसँग समायोजन गर्दै नागरिकमैत्री बनाउने र कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार र शनिबार दुई दिन कार्यक्रम भएको हो । तालिममा डिजिटल हुलाक सेवा प्रणालीको परिचय र प्रयोग, पिट्स प्रणालीबारे जानकारी, हुलाक सेवाको विगत वर्तमान र भविष्यमा आउन सक्ने अवसर र चुनौती, सकारात्मक सोच तथा सदाचार र नैतिकताबारे प्रशिक्षण दिइएको छ ।

Advertisement


हुलाक कार्यालय नवलपुरका खरिदार हरिप्रसाद अधिकारीले तालिमबाट प्राविधिक ज्ञान, कार्य व्यवस्थापन क्षमतामा वृद्धि र सेवामुखी दृष्टिकोण विकास भएको बताए । कार्यक्रममा हुलाक निर्देशनालयका खरिदार चन्द्रप्रसाद भण्डारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया