कविता प्रतियोगितामा त्यागी पहिलो
पोखरा ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका संस्थापक केन्द्रीय सदस्य प्राडा रविलाल अधिकारीको ८१ औं जन्म जयन्तीको सन्दर्भमा महासंघ नेपाल गण्डकी प्रदेश समितिले सोमबार खुला कविता प्रतियोगिता गरेको छ । प्रतियोगितामा महान त्यागी प्रथम, निकेश गिरी द्वितीय, रोशन तिमिल्सिना तृतीय र रमा खतिवडाले सान्त्वना पुरस्कार पाएको महासंघ नेपाल गण्डकी अध्यक्ष शंकरविरही गुरुङले जानकारी दिए ।
कविता प्रतियोगिता छनोट भएका उत्कृष्ट १५ कविले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः ११ हजार १ सय ११, ८ हजार ८ सय ८८, ६ हजार ६ सय ६६ र ४ हजार ४ सय ४४ सहित प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको निर्णायकमा निर्मल सापकोटा, दुर्गाबहादुर शाह ‘बाबा’ र छन्दिका त्रिपाठी थिए ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय प्रमुख धनञ्जय दवाडी, महासंघ नेपालका केन्द्रीय सचिव सुवास मल्ल, महासंघ नेपाल गण्डकी प्रदेशका सल्लाहकार मनकुमार श्रेष्ठ, प्राडा अधिकारीकी पत्नी सम्झनादेवी अधिकारी, महासंघ नेपाल गण्डकीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमराज अधिकारी, सचिव भूपेन बानियाँ लगायतले बोलेका थिए ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया