पूर्वराष्ट्रपति भण्डारीले आफूले पाउँदै आएको सम्पूर्ण सरकारी सुविधा त्यागिन्
समाधान संवाददाता
२०८२ असार १८ गते १४:५५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट आफूले प्राप्त गर्दै आएको सम्पूर्ण सेवा-सुविधा फिर्ता गर्ने घोषणा गरेकी छन्। उनले आज, मंगलबारदेखि नै लागू हुने गरी ती सुविधाहरू नलिने निर्णय गरेकी हुन्।
भण्डारीको सचिवालयले सुविधा फिर्ता लिने सम्बन्धी औपचारिक निवेदन गृह मन्त्रालयमा पठाइसकेको छ। उनी निकट स्रोतले दिएको जानकारीअनुसार, पूर्वराष्ट्रपतिको हैसियतमा कानुनबमोजिम प्राप्त हुने सबै सुविधा फिर्ता लिने निर्णय भएको हो।
“पूर्वराष्ट्रपतिज्यूले पाउने सबै सेवा-सुविधा आजकै मितिबाट लागू हुनेगरी फिर्ता गर्न गृह मन्त्रालयलाई निवेदन पठाइएको छ,” स्रोतले भन्यो, “हामीले सोहीअनुसार सुविधा फिर्ताको प्रक्रिया अगाडि बढाएका छौं।”
यो निर्णयसँगै अब उनले राज्यकोषबाट कुनै पनि प्रकारको व्यक्तिगत सुविधा लिने छैनन्।
सम्बन्धित









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया