लायन्स माउन्टेनसिटीको सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको वर्ष २०२५/२६ को कार्यसमितिले असार १७ गते पहिलो दिनदेखि विविध सहयोगका कार्यक्रम गरी आफ्नो कार्यकाल सुरु गरेको छ । पोखरा–२९, मदरीकुना, लेखनाथमा रहेको नर्मदेश्वर मोक्ष सन्यास आश्रममा खाद्यान्न वितरण, वृक्षारोपण र बिरुवा गोडमेल कार्यक्रम गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं डिस्ट्रिक्ट चिफ लायन खेमराज बरालले १०८ ऋषिमानन्द गिरीलाई खाद्यान्न दिएर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले माउण्टेनसिटीले अघिल्ला वर्षहरूमा गरेका कार्यक्रमहरू उत्कृष्ट रहेको र पुरस्कृतसमेत भएको भन्दै प्रशंसा गरे । उनले वर्ष २०२५/२६ को कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे ।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीका वर्ष २०२५/२६ का अध्यक्ष लायन विष्णुप्रसाद अधिकारीले आफ्नो क्लबले हरेक वर्ष उत्कृष्ट रूपमा सेवाभावले काम गर्दै आएको र यो वर्ष पनि डिस्ट्रिक्टमा पहिलो हुने गरी काम गर्ने जानकारी गराए । अध्यक्ष अधिकारीले चामल, दाल, चिउरा, भुजा लगायतका खाद्यान्न स्वयं व्यवस्थापन गरेका थिए भने उक्त कार्यक्रम लायन प्रेमबहादुर थापाको संयोजकत्वमा सम्पन्न भएको थियो ।
त्यसैगरी, वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि, संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रिय एडभाइजर लायन पीएमजेएफ डोलराज पोखरेलले अघिल्ला वर्षहरूमा पनि फलफूलका बिरुवाहरू निरन्तर रोपिए पनि संरक्षणको अभाव भएको बताए । ‘आवश्यक बिरुवाहरू हामी उपलब्ध गराउँछौँ, संरक्षण स्थानीय तह र मन्दिर व्यवस्थापनले गर्नुपर्छ । अन्यथा, रोप्दै जाने, अर्को वर्ष आउँदा बिरुवा नदेखिनु दुःखद कुरा हो,’ उनले भने ।
वृक्षारोपण कार्यक्रमका संयोजक फस्र्ट भिपी पदम श्रेष्ठले १४ वटा ड्रागन फ्रुटका बिरुवा सहयोग गरी रोपेका थिए । संयोजक श्रेष्ठले ९ महिनामा नै उत्पादन दिने उच्च नस्लका बिरुवाहरू रोपिएको हुँदा उचित हेरचाह गर्न व्यवस्थापन समितिलाई सुझाव दिँदै आवश्यक परामर्श र संरक्षणका लागि क्लबले सहयोग गर्ने जानकारी गराए । उक्त कार्यक्रममा अघिल्लो वर्ष रोपिएका फलफूल तथा अन्य बिरुवाहरूको गोडमेलसमेत गरिएको थियो ।
नर्मदेश्वर मोक्ष सन्यास आश्रमका सचिव इ. माधव भण्डारी, १०८ ऋषिमानन्द गिरी र डा. स्वामी विश्वानन्दले धन्यवाद ज्ञापन गरे भने पूर्व अध्यक्ष एवं जोन चियरपर्सन नरेश सुवेदी, पूर्व अध्यक्ष मोहदत्त भुसाल, पूर्व अध्यक्ष शक्ति बराल, थर्ड भिपी कल्याण तिमिल्सिना लगायतले आफ्नो धारणा राखे । क्लबका सचिव शिवप्रसाद रिमालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो भने सल्लाहकार प्रेमबहादुर थापाले स्वागत गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया