मुस्ताङमा आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा विस्तार

जोमसोम—
मुस्ताङमा आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा विस्तार गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको चालु आ.व.को विनियोजित बजेट ३४ लाख लागतबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको बिहिबार पूर्वाधार निर्माणसहित आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले साविकमा प्रवाह गर्दैआईरहेको सेवालाई थप विस्तार गरेको हो । केन्द्रद्वारा यहाँ कार्यालयमा थेरापी सेवा,पञ्च कर्म÷पूर्व कर्म,सिरोधारा,साउना,विस्तारित ओपडी सेवा,शल्यकर्म,अग्निकर्म र मर्म चिकित्सा लगायतका सेवाहरु विस्तार गरेको केन्द्रका प्रमुख डा. सरोजकुमार रायले जानकारी दिनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रले यहाँ आयुर्वेद स्वास्थ्य सेवा सम्वन्धि साउनातर्फ १० लाख,भवन निर्माणतर्फ २० लाख,काठ तथा फर्निचरमा २ लाख र उपकरण खरिदमा २ लाख बजेट खर्च भएको कार्यालय प्रमुख डा. रायले उल्लेख गर्नुभयो ।
यहाँ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले आयुर्वेद स्वास्थ्य केन्द्रको विस्तारित सेवाको रिवन काटेर उद्घाटन गर्नुभयो । प्रजिअ भुसालले आयुर्वेद स्वास्थ्य केन्द्रको विस्तारित सेवाबाट मुस्ताङका नागरिक ,यहाँका सुरक्षा निकाय तथा कर्मचारी लगायत मुस्ताङ जिल्लामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु बढी भन्दा बढी लाभान्वित हुने बताउँनुभयो । यहाँ शारिरीक तथा मानसिक बिरामी र स्वस्थ्यकर मानिसका लागि पनि थप स्वस्थ रहन यहाँको आयुर्वेद उपचार पद्यती प्रभावकारी हुने विश्वाश व्यक्त गर्नुभयो ।
यहाँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विस्तारित सेवा प्रवाह अघि पनि यहाँका नागरिक,कर्मचारी,सुरक्षा निकाय र पर्यटकलाई विभिन्न प्रकारका आयुर्वेद सेवा प्रवाह गर्दैआईरहेको छ । केन्द्रले निःःशुल्क औषधि वितरण,प्रयोगशाला सेवा,योग परामर्श,चिकित्सकीय सेवा,जीवनशैली तथा आहार बिहार सम्वन्धि परामर्श लगायतका सेवा प्रदान गर्दैआईरहेको थियो ।
यहाँ आयुर्वेद स्वास्थ्य सेवा विस्तारका लागि कार्यालयका लागि सीमित जग्गा भएकाले सेवा विस्तारका लागि पूर्वाधार निर्माण गर्न समस्या परेको केन्द्रले जनाएको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया