कृषि बजार अनुगमन

समाधान संवाददाता २०८२ असार २० गते १३:३५

पोखरा ।
माटो तथा मल परीक्षण प्रयोगशालाको वार्षिक कार्यक्रम अनुसार बुधबार पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका अनुदानको मल, बिउ बिजन तथा विषादी बिक्री गर्ने केही स्थानमा बजार अनुगमन गरिएको छ ।


अनुगमन टोलीमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, माटो तथा मल परीक्षण प्रयोगशाला, पोखरा महानगरपालिका अन्तर्गत कृषि विकास महाशाखा, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रतिनिधिको सहभागिता थियो ।


अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नं. २६ स्थित सिलिड्डे कृषि सहकारी मार्गदर्शन कृषि सहकारी, अर्घौ कृषि सहकारी र वडा नं. ३० का जनप्रिय कृषि सामग्री बिक्री भण्डार, शिशुवा कृषि भण्डार, चकदेवी सहकारी र सिमा भेट सेन्टर लगायतले तोकिएको मूल्यमा बिलसहित मल, बिउ, विषादी बिक्री गरिरहेको पाइएको छ ।

Advertisement


पोखरा २६ स्थित बुढिबजारमा सञ्चालनमा रहेका सिभीएग्रोभेट मल्टी प्रालि र सफल कृषि सामग्री बिक्री भण्डारले रासायनिक मलखाद महँगो मूल्यमा बिक्री गरेको र बिक्रीकर्ताको सूचीमा दर्ता नभएको पाइएको छ । ती दुवै संस्थालाई गोदाममा रहेको मल पुनः खरिद गरेको स्थानमा फिर्ता लगेर बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया