पोखराका खेल पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

पोखरा ।
नेपाल खेलकुद पत्रकार मन्ञ गण्डकीको आयोजनामा खेल पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा शुक्रबार आयोजित तालिममा क्रीकेट, एथलेटिक्स र भलिबलका ३ जना प्रशिक्षकले प्रशिक्षण प्रदान गरेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले खेलका नियमहरु समय समयमा परिवर्तन भैरहने भएकाले खेलपत्रकारहरुका लागि यसप्रकारको तालिम आवश्यक पर्ने बताए ।
नेपाल खेलकुद पत्रकार मन्ञ गण्डकीले खेल पत्रकारिता गरिरहेका पत्रकारहरुको हकहित संरक्षण मात्र नभई खेलाडीहरुको हौसला बढाउनका लागि पोखरा स्पोर्ट्स अवार्ड प्रदान गर्दै आइरहेको बताए ।
उनले हाल पोखरा स्पोर्ट्स अवार्ड ब्रान्डको रुपमा स्थापित भैसकेको बताउँदै खेलकुद पत्रकार मन्चले गर्ने कार्यक्रमहरुमा खेलकुद परिषद्को सहयोग र साथ रहने प्रतिवद्धता जनाए ।
क्रिकेट प्रशिक्षक रिजन प्रजुले क्रिकेटका नियम र यसमा आएको परिवर्तन, अहिलेको अभ्यास र क्रिकेट सम्बन्धि समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी गराएका थिए ।
पूर्व एथलेटिक्स एवं इन्टरनेशनल टेक्निकल अफिसर सिद्धान्त अधिकारीले अल्ट्रारन, क्रसकन्ट्री दौड,सडक दौड, म्याराथन लगायत एथलेटिक्सका बारेमा जानकारी गराएका थिए । एथलेटिक्सका दौडहरुबारे अन्तराष्ट्रिय मापदण्ड र नेपालमा भैरहेको अभ्यासबारे अभिमुखिकरण गराएका थिए ।
भलिबल खेलका राष्ट्रिय रेफ्री राजन पौडेललेले भलिबल खेलसम्बन्धी अन्तराष्ट्रिय मापदण्ड, नियम र नेपालमा भैरहेको प्रयासबारे जानकारी गराए ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, खेलकुद पत्रकार मञ्च गण्डकीका पुर्व अध्यक्ष एकराज गिरि, निवर्तमान अध्यक्ष दिनानाथ बराल, प्रेस युनियन कास्की अध्यक्ष बाशु मिश्र, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल, सल्लाहकार सुरज श्रेष्ठ, फोटो पत्रकार संघका अध्यक्ष राम गुरुङलगायत संघ संगठनका प्रतिनिधिहरु सहभागी थिए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए । कार्यक्रम सञ्चालन महासचिव परशुराम शर्माले गरेका थिए ।










‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया