महेन्द्रका उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा ।
पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले २०८१ सालको एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । उत्कृष्ट नतिजा हाँसिल गर्ने अयुब सुनार, त्रिशांक पौडेल र प्रमिशा पौडेललाई सम्मान गरिएको छ ।
१० जनाले ३.२ देखि ३.६ जिपिए, ३ जनाले २.६६ देखि २. ८८ जिपिए प्राप्त गरेका छन् । उनीहरूलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पूर्व वडाध्यक्ष शोभामोहन पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बैकुण्ठ पौडेल लगायतले सम्मान गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष पाण्डेले महेन्द्र माविले शैक्षिक विकासमा गरेको उदाहरणीय प्रगतिको प्रशंसा गर्दै विद्यालयको शैक्षिक विकासमा वडाले सम्भव भएसम्म सघाउने वाचा गरे ।
पूर्ववडाध्यक्ष शोभामोहन पौडेलले विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको लगातारको मेहनतले परीक्षाको नतिजामा प्रगति भएको बताए । प्रधानाध्यापक बासुदेव पौडेलले बोर्ड परीक्षामा विद्यालयले विद्यार्थीका लागि अपनाएको शिक्षण प्रक्रियाका विभिन्न योजना र अन्य गतिविधिमाथि प्रकाश पारे ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पौडेल, वडा शिक्षा समितिका सदस्य लेखनाथ लामिछाने, प्राध्यापक नारायण पौडेल, ईन्द्रराज्य लक्ष्मी माविका सह प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, अभिभावक शोभा पौडेल, विव्यस सदस्य रमेश विक, सहायक प्रधानाध्यापक नन्दराज दाहालविद्यार्थी आयुब सुनार लगायतले बोलेका थिए ।
महेन्द्र माविबाट २०८१ को एसइईमा १८ जना सहभागी रहेको ९० प्रतिशत ग्रेडेड भएका छन् ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया