धादिङ पोखरा सम्पर्क समाजद्वारा सय युनिट रगत संकलन

पोखरा । धादिङ पोखरा सम्पर्क समाजले शनिबार २२ औं खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको अध्यक्ष सरस्वती श्रेष्ठ ‘सरु’ले जानकारी दिइन् ।
धादिङको नीलकण्ठ नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले कार्यक्रम उद्घाटन गर्दै धादिङ मुल घर भई पोखरामा पेशा व्यवसाय गर्नेको संस्थाले सदस्यको हकहितका अलवा सामाजिक काममा क्रियाशील रहेको बताए ।
उनले धादिङ र कास्कीको विकास निर्माणको काममा सहजीकरण गर्न संस्थालाई आग्रह गरे । उनले नगरपालिकाले रक्त सञ्चार सेवालाई निशुल्क गरेको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति तथा स्वास्थ्य समितिका संयोजक डण्डराज शर्मा पौडेलले शरीरमा खेर जाने रगत नियमित दान गर्दा मानिस स्वस्थ बन्ने बताए । उनले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा रेडक्रस कास्कीले रक्त सञ्चार सेवालाई निशुल्क गरेको जनाए ।
कार्यक्रममा समाजका अध्यक्ष श्रेष्ठले सबैभन्दा उत्कृष्ट र पवित्र काम रक्तदानमा सहभागी सबैलाई आभार प्रकट गरिन् । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भएको कार्यक्रममा समाजका महासचिव प्रकाश दुलाल, समाजका पूर्वअध्यक्ष नवराज दुवादी, कृष्णकुमार श्रेष्ठ, रामप्रसाद पाण्डे ‘राजु’, पूर्वउपाध्यक्ष कमलबहादुर पाण्डे, वरिष्ठ उपाध्यक्ष टिकाबहादुर लम्साल कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक लालप्रसाद ढकाल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
कास्कीमा अत्यधिक रक्तदान गर्ने सूचीमा रहेको समाजले नेपाल रेडक्रस सोसाइटी कास्कीबाट दुई पटक सम्मानित भइसकेको बताए ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया