आँपुभन्ज्याङको कालिकाका सबै विद्यार्थी ग्रेडेड

पोखरा । पोखरा ३३ आँपुभन्ज्याङबाट २०८१ को एसइईमा सम्मिलित विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीलाई शुक्रबार आयोजित एक कार्यक्रममा विद्यालयले सम्मान गरेको छ । कालिकाबाट १४ विद्यार्थी एसइईमा सहभागी भएका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुन लगायतले सम्मान गरेका थिए । विद्यार्थीलाई बधाई दिँदै वडा सदस्य कार्कीले कालिकाले हासिल गरेको उपलब्धि समग्र ३३ नम्बर वडाकै गौरवको विषय भएको बताए ।
उनले जति ठूलो सफलता हाँसिल गरे पनि अनुशासनमा रहेर आफ्नो कर्मलाई अघि बढाउन विद्यार्थीलाई सुझाव दिए । विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र आफ्नो परिवारले गरेको मिहिनेतको सधैँ स्मरण गर्नुपर्नेमा जोड दिँदै कार्कीले एसइईको सफलताले नयाँ मार्गप्रशस्त गरेको बताए ।
विव्यस अध्यक्ष पुनले विद्यार्थीको हितका लागि विव्यस सधैँ लागिपरेको बताउँदै प्रयासले सार्थकता प्राप्त गरेकामा खुसी व्यक्त गरे । आगामी दिनमा पनि विद्यालय र विद्यार्थीको हितका लागि आफूहरू सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले सफलताका लागि मिहिनेत गर्ने विद्यार्थी र शिक्षकलाई धन्यवाद दिए ।
प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटनका लागि गरेको प्रयत्नको फलस्वरूप उत्कृष्ट नतिजा हाँसिल गरेको बताए । उनले पाठ्यपुस्तकका अतिरिक्त विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि आफ्ना कार्ययोजना अघि बढाएको जानकारी दिए ।
विद्यार्थी प्रमिसा बानियाले विद्यालयले दिएको सकारात्मक ऊर्जाकै कारण सकारात्मक नतिजा प्राप्त भएको अनुभव सुनाइन् । अर्का विद्यार्थी संगम श्रेष्ठले आफूले शिक्षकबाट लिएको ज्ञानका अतिरिक्त विभिन्न प्रविधिका माध्यमबाट गरेको स्वाध्ययनले राम्रो अंक ल्याउन सहयोग गरेको बताए ।
सोही अवसरमा कक्षा १० मा अध्यापन गर्दै आएका शिक्षकहरूलाई पनि सम्मान गरियो । कार्यक्रममा सहायक प्रधानाध्यापक बालकुमारी थापामगर, शिक्षक अभिभावक सङ्घका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईँ, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारी लगायतले बोलेका थिए ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया