सञ्चारकर्मी दौडमा समाधानकर्मी दीलिप थारु प्रथम

पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको ५ किलोमिटर सञ्चारकर्मी सडक दौडमा समाधानकर्मी दिलिप थारु प्रथम भएका छन् ।
शनिबार पोखरामा भएको दौडमा पुरुषतर्फ थारु प्रथम बन्दा महिलातर्फ प्रमुख मिडियाकी सरिता गुरुङ पहिलो स्थानमा आइन् । थारुले २१ मिनेट ०७ सेकेण्डमा दौड पुरा गर्दा गुरुङले ३० मिनेट ४३.०६ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् ।
पुरुषतर्फ गोल नेपाल डटकमका अर्जुन हिताङ द्वितिय, समाधान दैनिककै भिमपाणि बराल तृतीय बने । पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगर पाँचौं स्थानमा रहे । महिला समूहमा नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा दोस्रो, प्राइम टिभीकी अनिता घिमिरे तेस्रो र मयुर टाइम्सकी प्रश्ना मानन्धर चौथो बनीन् ।
त्यसैगरी, मासिक रुपमा हुँदै आएको नियमित छात्र–छात्रा ५ किमि दौडमा छोरेपाटन माविका तिल बहादुर परियार पहिलो, प्रकाश थिङ दोस्रो र आयुष सुनार तेस्रो भए । विष्णु पादुकाका विष्णु परियार चौथो र बराह माविका सुमन ढुङ्गाना पाँचौं भए ।
छात्रातर्फ मेघराज माविकी एन्जिला जिटीले पहिलो स्थान हात पारिन् भने श्रीकृष्ण माविकी स्मृति विक दोस्रो, अमरसिंह माविकी एलिना कार्की तेस्रो र सेन्ट मेरिजकी उपासना जोइ गुरुङ चौथो स्थानमा आइन् ।
प्रतियोगितामा विजेताहरूलाई अग्रज पत्रकार नारायण कार्की, बद्रि विनोद प्रतिक, कृष्ण प्रसाद बाँस्तोला, मञ्चका सल्लाहकार तिलक केसी, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले पदक, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरे ।
प्रतियोगितामा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना तथा नियमित दौडमा छात्र÷छात्रातर्फसहित करिव २ सय जनाले सहभागिता जनाएका थिए ।
मञ्च स्थापना भएको २५ औं बशन्तमा लागेकाले यो वर्ष रजत वर्ष स्वरुप ‘१२ महिना १२ कार्यक्रम’ को योजना बनाएर दौड आयोजना गरिएको अध्यक्ष दीलबहादुर गुरुङले जानकारी दिए । आगामी महिनामा विभिन्न संघसंस्थाका विचमा दौडको आयोजना गरिने उनले बताए । मञ्चले हरेक वर्ष फागुन महिनाको पहिलो शनिबार पोखरा म्याराथन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।







टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया