जनप्रकाशमा विद्यार्थी बिदाइ

समाधान संवाददाता २०८२ असार २२ गते १०:३७
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

पोखरा ।
जनप्रकाश बहुमुखी क्याम्पस पोखरा २९ भण्डारढिकमा बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई बिदाई तथा सम्मान गरिएको छ ।

Advertisement


कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष विजयराज भण्डारीले उत्पादन गरेको दक्ष जनशक्तिले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले बिदाइ हुने विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै अध्ययनपछि स्वदेशमै योगदान गर्न आग्रह गरे ।


क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले पढाइ सकिनु अन्त्य नभई जीवनको नयाँ चरणको सुरुवात भएको जनाए । सो अवसरमा जनप्रकाश बहुमुखी क्याम्पसमा विभिन्न वर्षका उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । बिबिएस दोस्रो वर्षकी सपना कँडेल, तेस्रो वर्षकी सुजाता लामिछाने र चौथो वर्षकी उर्मिला परियारलाई क्याम्पसको तर्फबाट जनदी नगद ९ हजार ६ सय र प्रमाणपत्र प्रदान गरियो ।

Advertisement


विद्यार्थी कल्याणकारी क्लबका अध्यक्ष लक्ष्मण थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरु दीपा श्रेष्ठ, सुजता लामिछाने र क्याम्पसका अनुसन्धान विभाग प्रमुख युवराज लामिछानेले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया