रेडक्रस कास्कीलाई त्रिपाल सहयोग

पोखरा ।
बाढी, पहिरोबाट प्रभावितलाई सहयोग गर्नका लागि डेभिजफल क्लब पोखरा १७ ले नेपाल रेडक्रस सोसाइटी कास्कीलाई त्रिपाल हस्तान्तरण गरेको छ । विपद् व्यवस्थापनका लागि गैर खाद्य सामग्री अन्तर्गत १८ ह २४ का ५ थान त्रिपाल प्रदान गर्नुका अलवा क्लबले रेडक्रसको संस्थागत सदस्यतासमेत नवीकरण गरेको हो ।
क्लब अध्यक्ष विनम गुरुङले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने अनुमानलाई मध्यनजर राख्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि विपत राहत कार्यक्रमका लागि रेडक्रस कास्कीसँग हातेमालो गरेको बताए । उनले क्लब लामो समयदेखि रेडक्रस सोसाइटीको संस्थागत सदस्यसमेत रहेकाले २५ हजार प्रदान गरेर वार्षिक रूपमा नवीकरण गरी निरन्तरता प्रदान गर्दै आएको जनाए ।
कार्यक्रममा डेभिजफल क्लबका अध्यक्ष गुरुङले रेडक्रस सोसाइटी जस्तो पवित्र तथा मानवीय संस्थाको संस्थागत सदस्य हुन पाउँदा गौरवान्वित महसुस गरेको उल्लेख गरे । उनले आगामी दिनमा समेत विपदको समयमा रेडक्रस अभियानमा जोडिएर काम गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच, पोखरा महानगरपालिका वडा नम्बर १ मा रहेको असल छिमेकी नेपालले नेपाल रेडक्रस सोसाइटी कास्कीलाई १५ थान त्रिपाल प्रदान गरेको छ । असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र शर्माले नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष मोहनसिंह खड्का तथा सदस्य महेश्वर दवाडीलाई ती त्रिपाल हस्तान्तरण गरे ।
बाढी, पहिरोबाट प्रभावितलाई सहयोग गर्नका लागि डेभिजफल क्लब र असल छिमेकी नेपालले रेडक्रस कास्कीलाई त्रिपाल दिएका छन्
रेडक्रस कास्कीले मनसुनजन्य विपदसँगै आउन सक्ने बाढी, पहिरोलाई मध्यनजर गर्दै विपद् पूर्वतयारीका निम्ति स्वयंसेवक व्यवस्थापन, खोज तथा उद्वार सामग्री व्यवस्थापन गर्दै आएको छ । राहत सामग्री व्यवस्थापन अन्तर्गत विपद् राहत गैर खाद्य तथा खाद्य सामग्रीका लागि विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा व्यवस्थापन गरिँदै आएको सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् ।
उनले जिल्ला विपद् व्यवस्थापन समिति कास्कीसँगको समन्वयमा सामाजिक संघ, संस्थाको सहकार्यमा मनसुनजन्य विपद्बाट प्रभावितलाई राहत सेवाका कार्य सक्रियता पूर्वक गरेको बताइन् । उनले सबै सहयोगी संस्थाको सहयोगमा विपद् व्यवस्थापनको काम गरेको उल्लेख गरिन् ।
युवामा जागरण ल्याएर क्षमता विकास गरी समुदायमा अग्रणी भूमिका खेलेका क्लबको सहयोगप्रति आभार प्रकट गर्दै उनले विगतदेखि नै हातेमालो गर्दै आएको क्लबले यस वर्ष पनि मानवीय सेवाको लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरिन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक खड्काले जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको परिपत्र अनुसार कास्की रेडक्रसले विपद् प्रभावितलाई राहत सामग्री प्रदान गरेको जनाए । विपद् व्यवस्थापन समिति कास्कीले समग्र विपद् व्यवस्थापनको लागि गर्ने १० क्लस्टरका काममध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा रेडक्रस कास्कीका प्रशिक्षक नवराज भण्डारी, डेभिजफल क्लबका महासचिव दीपक सुवेदी, कोषाध्यक्ष अनिल प्रधान लगायतले विपद् व्यवस्थापनमा सामाजिक संघ संस्थाले खेल्नुपर्ने भूमिकाबारे बोलेका थिए । मनसुन प्रवेशसँगै परेको अबिरल वर्षात्ले भैपरी आउने विपद् व्यवस्थापन, प्रभावितलाई राहत उद्धारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न सामाजिक संघ, संस्थाले रेडक्रस कास्कीलाई सहयोग गर्दै आएको छन् ।
रेडक्रस कास्कीले हरेक वर्ष मनसुनजन्य लगायत सवै प्रकारका विपद् प्रभावितलाई तत्काल खाद्य तथा गैरखाद्य, नगदसहित राहत सहयोग गर्छ । विपद् व्यवस्थापनका लागि पूर्व तयारी, न्यूनीकरण, विपद् प्रतिकार्य र उद्धार तथा राहात सेवा कायलाई समेत रेडक्रसले निरन्तर रुपमा अगाडी बढाएको छ ।
रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपद्बाट प्रभावितहरुको राहात तथा उद्धारका लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको छ । रेडक्रस कास्की अन्तर्गतका ४८ उपशाखाले समेत आआफ्नो क्षमता अनुसार विपद् राहत कोष खडा गरेर काम गरेका छन् ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया