पाहुनाको पर्खाइमा ह्याङ्जाकोट

लेखनाथ ।
बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज । भर्खरै रोपिएको धान खेतका आलीको माथिल्लो भागसम्म टिलपिल पानी । आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृष्यसँगै वरपर हरियाली जंगल । त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन ।
हिमालको चिसो हावाले शरीर नै सितलो बनाउने । त्यसैमा यहाँको शान्त वातावरण, थप मनमोहक छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित पर्यटकीय गाउँ ह्याङ्जाकोट सामुदायिक ‘होमस्टे’ (घरबास) का विशेषता हुन् यी । त्यसमा यहाँ पुग्ने स्वदेशी तथा विदेशी पाहुनाको स्वागतमा पञ्चैबाजासहित फूलमाला लिएर पर बाटैसम्म पुग्ने सञ्चालक र गाउलेको शैली थप हेर्नलायक हुन्छ ।
पोखरा महानगरपालिका १ को सिमपानीेदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ«े गाउँपालिकाको धितालबाट ३ किलोमिटर अगाडि बढेपछि ह्याङ्जाकोट पुग्न सकिन्छ । पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ । ५० घर रहेको बस्तीका १२ घरमा ८० जना पाउना अट्ने गरी होमस्टे सञ्चालनमा छ ।
रमणीय गाउँ भए पनि यहाँबाट बसाइँ सरेर जाने क्रम रोकिएको छैन । यसलाई रोक्न सके गाउँको रौनकै अर्को हुन्थ्यो ।
विसं २०६४ बाट सञ्चालनमा ल्याइएको उक्त सामुदायिक होमस्टे विसं २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो । त्यसपछि यहाँको महत्व थप बढेको छ । ह्याङजाकोटबाट कुमारी माछापुच्छ्रे सहित अन्नपूर्ण, लमजुङलगायत हिमालमात्र हैन, छिमेकी गाउँ ल्वाङको चियाबारीसमेत यहाँबाट सजिलै दृश्यावलोकन गर्न सकिन्छ ।
गाउँबाट माछाको पुच्छर आकारको माछापुच्छ्रे नजिकै देखिनुका साथै यो गाउँ ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्ने भएकाले पर्यटकीय मौसममा विदेशी पर्यटकको भीड लाग्ने गर्छ । होमस्टेका अध्यक्ष ईश्वर गुरुङ आन्तरिकले पर्यटक ढिँडो, लोकल कुखुरा, रक्सीलगायत खाना मन पराउनुको साथै साँझ सांस्कृतिक कार्यक्रममा खुसी मानेर नाच्ने गरेको सुनाउँछन् ।
यहाँका समग्रमा १ हजार मूल्य पर्ने ‘प्याकेज’ बनाइएको छ । त्यसमा स्वागत सत्कार, स्थानीय रूपमा उत्पादित रैथाने बाली कोदो, गाउँमै उत्पादन भएको साग, आलु, लोकल कुखुरा, खाजा, रात्रिको खान, एक रातको बास लगायत सुविधा छन् ।
स्थानीय पर्यटन व्यवसायी हर्क गुरुङले गाउँमा पर्यटक बढेसँगै ठूला होटलहरू निर्माण हुने क्रमसमेत बढ्दै गएको बताए । ह्याङ्जाकोटदेखि ३ किमी पूर्वको धिताल गाउँमा अर्बाै खर्चेर दुई होटल निर्माण हुन लागेको उनले सुनाए । ‘ह्याङ्जाकोटले होमस्टेको विकास गर्दै अगाडि बढ्न खोजेको छ, । यसले खुसी नै दिएको छ, तर तीन सय वर्ष पुरानो इतिहास बोकेको यस गाउँका अधिकांश परिवार पोखरा तथा काठमाडाैँमा बसाइँ सर्दा गाउँ नै खाली हुने चिन्ता छ’, गुरुङले भने ।
ह्याङ्जाकोट सामुदायिक होमस्टे १० नं का सञ्चालक सुन्दर गुरुङले वर्षातको समयमा पर्यटक आवागमन केही कम भए पनि अन्य मौसममा भने भरिभराउ हुने गरेको बताए । गाउँमा पानी, बत्ती र सञ्चारको सुविधा पुगेकाले हाल पर्यटक आनन्दसँग बस्ने गरेको उनले सुनाए ।
होमस्टे सञ्चालक कुमार गुरुङले सुरुमा २० घरमा सञ्चालन गरिएको घरबास कार्यक्रम अधिकांश परिवार बसाइँ सरेर गएका कारण हाल १२ घरमा सीमित हुन पुगेको उल्लेख गरे । ‘रमणीय गाउँ भए पनि यहाँबाट बसाइँ सरेर जाने क्रम रोकिएको छैन । यसलाई रोक्न सके गाउँको रौनकै अर्को हुन्थ्यो,’ उनले भने ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया