नेत्रहीन विद्यार्थी फाउन्डेशनलाई गान्धी गुरुङले गरिन् सहयोग

पोखरा ।
पोखरास्थित नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसनलाई पोखरा वडा नं. १७ की समाजसेवी गान्धीकुमारी गुरुङद्वारा १० हजार रूपैयाँ प्रदान गरिएको छ । गत वर्षदेखि गोरखा आरुघाट गाउँपालिका वडा नं. ३ स्थित जलकन्या माविमा कक्षा १० मा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरू राजेन्द्र विक, राजी विक, सन्तोषीमाया गुरुङ र एड्विन गुरुङलाई आरुघाट केन्द्रमा बसेर पढी एसईई परीक्षा दिनका लागि आर्थिक सहयोग पुर्याइदिन उक्त विद्यालयका प्रधानाध्यापक टेकबहादुर दाहालले फाउन्डेशनलाई विद्यार्थी विवरणसहित लिखित निवेदन पठाएका थिए ।
दृष्टिविहीन चारै जना विद्यार्थीहरूले एसईई परीक्षा पनि उत्तीर्ण गरिसकेका छन् । उनीहरूलाई जनही रूपैयाँ २५ सयका दरले जम्मा १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्न पाउँदा आफूलाई अत्यन्त सन्तुष्टि प्राप्त भएको दातृ गान्धी कुमारीले जनाएकी छन् ।
फाउन्डेसनका तर्फबाट संस्थापक शिवलाल धितालले एसईई परीक्षा उत्तीर्ण गरेका चारै दृष्टिविहीन विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै दातृ गान्धी कुमारी गुरुङलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया