पोखरामा अर्कैको नाममा लाइसेन्सको ट्रायल दिने व्यक्ति पक्राउ

पोखरा ।
पोखरामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्कै व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल पर्वतको कुश्मा नगरपालिका–६ बस्दै आएका ३३ वर्षीय मोहम्मद रहिम पक्राउ परेका हुन् । उनले आवेदक कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाण पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार असार २३ गते यातायात व्यवस्था कार्यालय, कास्कीमा सञ्चालित वर्ग ‘बी’ (कार, जिप, डेलिभरी भ्यान) को ट्रायलमा नक्कली परीक्षार्थी सहभागी भएको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले परीक्षा दिइरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका रहिमलाई कास्की जिल्ला अदालतमा पेश गरी लिखत सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जनाएका छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया