संस्थापन पक्षको कारबाहीलाई कोइराला समूहको चुनौती: भन्यो- ‘यो प्रतिशोधपूर्ण र विधानविपरीत छ’

काठमाडौं ।
नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी संस्थापन पक्षले नेताहरूमाथि चलाएको अनुशासनको डण्डालाई प्रतिशोध साध्ने उद्देश्यले प्रेरित र विधानविपरीत भएको ठहर गरेको छ। बिहीबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको समूहको भेलाले यस्तो निष्कर्ष निकालेको हो।
भेलाले आनन्दप्रसाद ढुङ्गाना नेतृत्वको अनुशासन समितिले गरेको कारबाहीलाई राजनीतिक रूपमा सामना गर्ने निर्णय गरेको छ। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार, बैठकले सभापति शेरबहादुर देउवालाई कारबाहीको प्रक्रिया रोक्न आग्रह गर्ने र उक्त कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको छ।
कोइराला समूहले कारबाहीमा परेका नेताहरूलाई अन्याय हुन नदिने र उनीहरूलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकमा सहभागी उपसभापति धनराज गुरुङले कारबाही प्रक्रिया अघि बढाउने विषयमा शीर्ष तहमा कुनै सहमति नभएको जानकारी गराएका थिए। उनले सभापति, उपसभापति र महामन्त्रीहरूबीच हाललाई अनुशासनका उजुरीहरूमाथि कारबाही अघि नबढाउने समझदारी बनेको भए पनि त्यसलाई लत्याइएको बताए।
गुरुङले अनुशासन समितिका संयोजक ढुङ्गानाले समितिमा कुनै छलफल नै नगरी एकलौटी रूपमा बुधबार विज्ञप्ति जारी गरेर कारबाहीको निर्णय सुनाएको भन्दै आपत्ति जनाएका थिए।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया