मालिका पहिरोमा बेपत्ता बालकको शव फेला, बाबुछोरा दुवैको मृत्यु
समाधान संवाददाता
२०८२ असार २६ गते १६:५४

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोले पुरिएका बाबुछोरा दुवैको मृत्यु भएको छ। बुधबारदेखि बेपत्ता १३ वर्षीय सरोज विकको शव बिहीबार फेला परेपछि उक्त दुःखद घटना पुष्टि भएको हो।
बुधबार मालिका–३, लुप्सीपारको एक खोल्सामा दाउरा संकलन गर्न गएका ३६ वर्षीय जगेन्द्र विक र उनका छोरा सरोजलाई माथिबाट खसेको पहिरोले पुरेको थियो।
घटनालगत्तै बाबु जगेन्द्रको शव भेटिए पनि सरोज हराइरहेका थिए। उनको खोजीमा जुटेको संयुक्त टोलीले बिहीबार दिउँसो करिब सवा १ बजे शव फेला पारेको हो।
बेपत्ता बालकको खोजी कार्यमा सशस्त्र प्रहरी बलको म्याग्दीस्थित गुल्म, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू निरन्तर खटिएका थिए।
सम्बन्धित








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया