स्मार्ट फिचर र उत्कृष्ट माइलेजको दाबीसहित नयाँ टिभिएस जुपिटर ११० पोखरामा सार्वजनिक

पोखरा।
टिभिएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स र पोखराको वितरक स्क्वायर मोटर्स प्रा. लि.सँगको सहकार्यमा बिहीबार नयाँ ‘टिभिएस जुपिटर ११०’ स्कुटर सार्वजनिक गरेको छ। काठमाडौंमा सफल अनावरणपछि गण्डकी क्षेत्रलाई लक्षित गर्दै पोखराको लेकसाइडस्थित होटल बराहीमा आयोजित एक विशेष कार्यक्रममार्फत यो स्कुटर औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
कार्यक्रममा जगदम्बा मोटर्स र स्क्वायर मोटर्सका पदाधिकारीहरूको उपस्थिति थियो, जसमा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठ र प्रबन्ध निर्देशक बिनोज पोतेले कार्यक्रमको नेतृत्व गरेका थिए । समारोहमा १५ भन्दा बढी चर्चित इन्फ्लुएन्सर, ब्लगर तथा २० जना विशेष ग्राहकहरूलाई स्कुटरको पहिलो औपचारिक चाबी हस्तान्तरण गरिएको थियो। टिभिएस मोटर इन्डियाका देश प्रमुखको उपस्थितिलेसमेत यसले गण्डकी क्षेत्रको बजारलाई दिएको महत्त्वलाई दर्शाउँछ।

आकर्षक फिचर र प्रविधि
कम्पनीका अनुसार, नयाँ जुपिटर ११० मा १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरू समावेश गरिएका छन्। यसमा भएको ‘TVS SMARTXONNECT™’ प्रविधिमार्फत स्कुटरलाई ब्लुटुथबाट मोबाइलमा जोड्न सकिन्छ, जसले डिजिटल क्लस्टरमा कल, एसएमएस अलर्ट, नेभिगेसन र भ्वाइस असिस्ट जस्ता सुविधा प्रदान गर्छ।
सुरक्षाका लागि यसमा ‘MetalMaxx Body’, रोपेटल डिस्क ब्रेक र इमर्जेन्सी ब्रेक वार्निङ जस्ता फिचरहरू छन्। त्यस्तै, ३३ लिटरको डुअल हेल्मेट अन्डर-सिट स्टोरेज, अगाडिबाटै इन्धन भर्ने सुविधा र फराकिलो फुटबोर्डले यसलाई थप सुविधाजनक बनाएको छ।
उत्कृष्ट प्रदर्शन र माइलेज
११३.३ सीसीको सिंगल-सिलिन्डर इन्जिन भएको यो स्कुटरमा ‘iGO Assist’ प्रविधि प्रयोग गरिएको छ, जसले अघिल्लो मोडेलको तुलनामा १० प्रतिशत बढी माइलेज दिने कम्पनीको दाबी छ। यसमा रहेको ‘इन्टिग्रेटेड स्टार्टर जेनेरेटर’ (ISG) ले उकालो वा ओभरटेक गर्दा तुरुन्तै थप शक्ति प्रदान गर्दछ।
मूल्य र उपलब्धता
‘डन ब्लु म्याट’ रङमा उपलब्ध यो स्कुटरको सुरुवाती मूल्य रु. २,५७,९०० तोकिएको छ। यो स्कुटर Disc SXC भेरियन्टमा नेपालभरिका सम्पूर्ण टिभिएस शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया